ताजा समाचार
Home / Headline / गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

गायक प्रकाश सपुतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सपुतले आफ्नो फेसबुक पेजमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्। उनले काठमाडौं मेडिकल कलेजमा पिसिआर परीक्षण गराएका थिए।

‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ,’ उनले फेसबुकमा लेखेका छन्।

कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौं तर यसलाई सामान्य भने नठानौं। किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साही बनाउने रहेछ। सतर्कता अपनाउँ, सुरक्षित बसौं,’ सपुतले भने।

उनले गायका गीतहरू पछिल्लो समय लोकप्रिय छन्। हालै उनले ‘मेरो पनि होइन र यो देश?’ नामक गीत सार्वजनिक गरेका थिए। जुन एकदिनमै १० लाखले युट्युबमा हेरेका थिए।

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.