ताजा समाचार
Home / Headline / उपत्यकाका सिडिओको बैठक जारी, १६ गतेबाट निषेधाज्ञा लगाउन प्रस्ताव

उपत्यकाका सिडिओको बैठक जारी, १६ गतेबाट निषेधाज्ञा लगाउन प्रस्ताव

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठकले निषेधाज्ञाबारे निर्णय गर्नेछ ।

एक अधिकारीले अनलाइनखबरसँग भने, ‘यही वैशाख १६ गतेबाट निषेधाज्ञा लागू गर्ने प्रस्तावबारे छलफल भइरहेको छ । के–के बन्द र के–के खुला गर्ने भन्ने कुरा केहीबेरमा टुंगिन्छ ।’

सीसीएमसीले पनि १६ गतेदेखि निषेधाज्ञा लागू गर्न सुझाव दिएको थियो ।

संयुक्त बैठकअघि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह सचिव महेश्वर न्यौपानेसँग परामर्श गरेका थिए ।

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.