ताजा समाचार
Home / Headline / आइतबार थपिए तीन हजार बढी कोरोना संक्रमित, काठमाडौँमा मात्रै ११३२

आइतबार थपिए तीन हजार बढी कोरोना संक्रमित, काठमाडौँमा मात्रै ११३२

नेपालमा पछिल्लो २४ घण्टामा थप तीन हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ हजार २९२ नमुनाको पिसिआर परीक्षण र ७८६  जनाको एन्टिजेन परीक्षण भएको थियो।

त्यसमध्ये पिसिआर विधिबाट ३ हजार ३२ जना र एन्टिजेन विधिबाट ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा ११३२ जना संक्रमित थपिएका छन्।

यससँगै नेपालमा कूल संक्रमितको सङ्ख्या तीन लाख २०९ पुगेको छ।

गत २४ घण्टामा ४५० जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार ५७३ पुगेको मन्त्रालयले जनाएको छ।

Check Also

क्यान्सर विजेताहरुको तेस्रो ‘र्‍याम्प वाक’ पोखरामा हुँदै

क्यान्सर विजेताहरुको तेस्रो र्‍याम्प वाक पोखरामा हुने भएको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुप र ...

Comments are closed.