ताजा समाचार
Home / Headline / हुथी विद्रोही समूहद्वारा साउदी अरबको तेल र सैन्य शिविरमा ड्रोन हमला

हुथी विद्रोही समूहद्वारा साउदी अरबको तेल र सैन्य शिविरमा ड्रोन हमला

यमनको हुथी विद्रोही समूहले साउदी अरबको तेल र सैन्य शिविरमा ड्रोन हमला गरेको दाबी गरेको छ । आफ्नो समूह निकट टेलिभिजनमार्फत एक विज्ञप्ति जारी गर्दै हुथी विद्रोही नेतृत्वले सो दावी गरेको हो । उनीहरुले आरमको जेद्दाह र जुबेल अड्डाहरुमा दशवटा ड्रोनमार्फत हमला गरेको बीबीसीले जनाएको छ ।साउदी अरबले भने यो घटनाबारे केही प्रतिक्रिया दिएको छैन । हुथी विद्रोही समूहलाई इरानको समर्थन प्राप्त छ । उनीहरुले पछिल्ला वर्ष साउदी अरबमाथि ड्रोन र मिसाइल आक्रमणलाई तिव्र बनाएका छन् । साउदी अरब एक सैन्य समूहको नेतृत्व गर्दैछ, जुन गत ६ वर्षदेखि यमनमा हुथी विद्रोही समूहविरुद्ध लडिरहेको छ ।

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.