ताजा समाचार
Home / Headline / २५ वर्षदेखि बौद्धमा लुकाइएको त्यो साढे २ केजी युरेनियम

२५ वर्षदेखि बौद्धमा लुकाइएको त्यो साढे २ केजी युरेनियम

नेपालमा पहिलोपटक युरेनियम बरामद गरिएको छ । काठमाडौं महानगरपालिका–६ बौद्धबाट महानगरीय प्रहरी कार्यालयको टोलीले बिहीबार साढे २ किलो युरेनियम बरामद गरेको हो । महानगरीय प्रहरी कार्यालयका एआईजी हरि बहादुर पालले शुक्रवार पत्रकार सम्मेलन गरेर युरेनियम कारोबार गर्ने ४ जनालाई सार्वजनिक गरेका छन् ।

अमर लामा उमेरले ८० पुगे । उनी अहिले अमेरिकास्थित छोरी कहाँ छन् । प्यारालाइसिसको बिरामी भएको हुनाले उनलाई प्रहरीले सम्पर्क गर्न सकेको छैन । ६ वर्षदेखि अमेरिकामा रहेका अमरले थप कुरा नबताएसम्म युरेनियमको कथा अपुरो नै हुन्छ ।

बुहारीले बेच्न खोजिन्

जानुकाको विवाह भएको २० वर्ष भयो । बुहारी बनेर अमरको घरमा पाइला टेक्दा घरको एउटा कुनामा लुकाएर राखिएको न्यूक्लियर इनर्जी युरेनियम उनले देखेकी थिइन् । तर, २५ वर्षसम्म त्यो विष्फोटक धातु घरकै कुनामा थियो ।
माइतीघर रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ का नारायणसिंह तामाङलाई उनले सो न्यूक्लियर इनर्जी देखाइन् । फार्मेसीका विद्यार्थी ४० बर्षीय नारायण सिंहले जानुकालाई भने, ‘यो युरेनियम हो, अरब मुल्यमा बिक्री हुन्छ ।’

बेच्ने सहमतिपछि उनीहरु ग्राहक खोज्न थाले । रामेछापका २० बर्षीय प्रकाश चौहान र सिन्धुलीकोसुनकोशी गाउँपालिका–४ घर भएका २० बर्षीय मनोज न्यौपानेले ग्राहक खोज्न थाले । ‘ग्राहक भेट्टाएपछि उनीहरुलाई नारायणसिंहले २–२ करोड दिन्छु भनेको रहेछ’ एआईजी हरि बहादुर पाल भन्छन् ।

प्रहरीले चारै जनालाई पक्राउ गरेको छ । युरेनियम बेच्न खोज्नेहरुलाई विष्फोटक पदार्थ सम्बन्धी ऐन अनुसार महानगरीय प्रहरी परिसर, काठमाडौंले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ । त्यो सुराक
फागुन १ मा प्रहरीलाई सुराक आयो, ‘काठमाडौंमा युरेनियम बेच्ने समूह सक्रिय छ ।’

युरेनियमको हल्ला त्यसअघि पनि बेला–बेला आइरहन्थ्यो । जानुकाको समूहले जसलाई बेच्न खोजेका थिए उनीहरु प्रहरीको सम्पर्कमा आए । फागुन १९ मा स्याम्पल मागेर परीक्षण गर्दा सो न्युक्लियर ईनर्जी प्रशोधन नगरिएको युरेनियम–२३८ रहेको खुल्यो । रोनास्टका वैज्ञानिकले सो ईनर्जीको परिक्षण गरेका हुन् ।

युरेनियम सक्कली रहेको परीक्षणबाट देखिएपछि प्रहरीले सो सुराकलाई पछ्याइरह्यो । जानुकाको समूह र ग्राहकको बीचमा डेढ अरबमा किन्ने–बेच्ने डिल मिल्यो । इमोबाट पैसा देखाएपछि उनीहरु युरेनियम लिएर आए । ग्राहकसँगै प्रहरी पनि पुग्यो ।

अनि, जानुकाको समूह युरेनियम सहित पक्राउ परे ।

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.