ताजा समाचार
Home / Headline / अरूको नाममा आइपिओ भर्नेलाई रोक्न सफ्टवेयर ल्याइँदै

अरूको नाममा आइपिओ भर्नेलाई रोक्न सफ्टवेयर ल्याइँदै

यसरी डिम्याट खाता खोल्नुको उद्देश्य थियो- सबैका नाममा आइपिओ भर्ने र दोस्रो बजारमा बेचेर आएको नाफा आफूले लिने।

हिमाञ्चलजस्ता धेरै व्यक्ति अहिले आइपिओको खेती गरिरहेका छन्। एक व्यक्तिले नै ५०-६० जना व्यक्तिको नाममा आइपिओ भर्ने गरेका छन्। आइपिओ भर्नका लागि डिम्याट खाता अनिवार्य चाहिन्छ। घरमै बसेर अनलाइनबाट आइपिओमा आवेदन दिन पाइन्छ।

सिडिएस एण्ड क्लियरिङका सिइओ पूर्णप्रसाद आचार्यले अरूले नै आफ्नो नाममा डिम्याट खाता खोलेर आइपिओ भरिदिने गरेका गुनासाहरु प्रशस्त आएको बताए।

‘यस्ता गुनासा हजारको संख्यामा छन्, खासगरी आफ्नै नातेदारले डिम्याट खाता खोलिदिएर दुरुपयोग गरेको पाइन्छ, मुद्दा मामिलामा जाँदैनन्। त्यसकारण कारबाही गर्न पनि मिल्दैन,’ आचार्यले सेतोपाटीसँग भने।

पीडित पक्षले मुद्दा दायर गरेर कानुनी प्रक्रियामा जाने हो भने अरूको नाममा डिम्याट खाता चलाउने व्यक्तिलाई बैंकिङ कसुरमा कारबाही हुन्छ।

डिम्याट खाता खोलिदिने संस्था (डिपी)लाई स्वंय व्यक्ति नै उपस्थित भएपछि मात्रै खाता खोलिदिन यसअघि निर्देशन दिइएको आचार्यले बताए।

अब डिम्याट खाता खोल्दा डिपीले आफ्ना ग्राहकको विवरण भर्नका लागि छुट्टै सफ्टवेर विकास गरिँदैछ।

‘सफ्टवेयर विकासका लागि आवश्यक स्पेसिफिकेसन तयार गरेर बिडिङ प्रक्रियामा जाँदैछौँ’ आचार्यले भने।

स्पेसिफिकेसन तयार भएपछि डिपीहरू सिडिएससीसँग जोडिन्छन्। केन्द्रिकृत केवाइसी विवरण हुने भएपछि पटक-पटक केवाइसी फारम भर्नुपर्ने झन्झट पनि नरहने उनले बताए।

साथै व्यक्तिको नागरिकतामा भएको फोटो र उपस्थित भएको व्यक्ति एउटै हो वा होइन भनेर छुट्याउन (आर्टिफिसियल इन्टेलिजेन्स) संयन्त्रको समेत सिस्टममा प्रयोग गर्ने तयारी रहेको उनले बताए।

‘नागरिकताको फोटो र उपस्थित भएको व्यक्ति एउटै होइन भने डिम्याट खाता खोल्न पाइँदैन’ आचार्यले भने। त्यति मात्रै होइन, यसअघि डिम्याट खाता खोलेका सबैको नवीकरण गर्दा पनि त्यहीं व्यवस्थाबाट गरिनेछ।

नागरिकताको फोटो र डिम्याट खाता खोल्ने व्यक्ति एउटै होइन भनेर उपकरणले संकेत दिएमा सो व्यक्तिको डिम्याट खाता नै नवीकरण हुँदैन। अर्थात अब व्यक्ति पहिचान गरेरमात्रै डिम्याट खाता नवीकरण हुनेछ।

‘हाल डिम्याट खाता हुनेको पनि नयाँ सिस्टमबाट अपडेट गरिनेछ, यसले अरूको नाममा आइपिओ भर्न सक्ने छैनन्,’ उनले भने। एक वर्षमा यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्नेगरी सिडिएससीले काम गरिरहेको आचार्यले बताए।

धितोपत्र बाँडफाँड निर्देशिकाले भन्छ– पुगेसम्म सबैलाई १० कित्ता सेयर दिनुपर्नेछ, नपुगेमा गोलाप्रथाबाट छनौट गर्नुपर्छ। १० कित्ताभन्दा धेरै पुग्ने भएमा सो अंकले भाग जाने सेयर संख्या सबैलाई दिनुपर्नेछ।

छरिएको पुँजीलाई एकीकृत गर्ने र बाँडफाँडमा समानुपातिक सिद्धान्त कायम गर्ने निर्देशिकाको लक्ष्य हो। निर्देशिकाअनुसार धेरै व्यक्तिको नामबाट आवेदन दिँदा पुगेसम्म सबैलाई १०–१० कित्ता पर्छ भने नपुगेमा गोलाप्रथा गरेमा पनि कसै न कसैलाई पर्न सक्छ भन्ने मान्यता छ।

यही मान्यताले गर्दा पनि आइपिओको खेती फस्टाएको धितोपत्र बोर्डका अधिकारीहरू नै बताउँछन्।

आइपिओ पनि प्रिमियम रकम थपेर जारी गर्न पाइने व्यवस्था भएकाले अब अरूका नाममा खेती गर्नेको संख्यामा कमी आउने बोर्डको दावी छ।

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.