ताजा समाचार
Home / राजनीति / गृहमन्त्रीले हटाए स्वकीय अधिकृत

गृहमन्त्रीले हटाए स्वकीय अधिकृत

गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय अधिकृत बीरु तामाङलाई हटाएका छन् । आफ्नो सचिवालयमा बसेर पुष्पकमल दाहाल प्रचण्डसँग सूचना चुहाएको आरोप तामाङमाथि लगाइएको छ ।

गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार तामाङलाई ३० माघ गतेबाटै लागू हुने गरी हटाइएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको थियो । त्यसक्रममा बादल ओली समूहतिर लागेका थिए ।

online khabar

Check Also

उत्साह छर्ने प्रयास गर्दै नेप्से, सूचकका साथमा खरिदबिक्री रकम पनि बढ्यो

अंग्रेजी नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजारले उत्साह भर्ने काम गरेको छ । आइतबार ...

84 responses to “गृहमन्त्रीले हटाए स्वकीय अधिकृत”