ताजा समाचार
Home / Headline / नेप्सेमा सूचीकृत समूहको हेरफेर, कुन कम्पनी कुन समूहमा पर्‍यो ?

नेप्सेमा सूचीकृत समूहको हेरफेर, कुन कम्पनी कुन समूहमा पर्‍यो ?

नेपाल स्टक एक्सचेन्जले  केही समूह हेरफेर गरेको छ । नेप्सेले सूचीकृत समूहहरूको हेरफेर तथा समूह विभाजन गरेको हो । लगानी समूह थपिएको छ ।
यसमा ४ वटा कम्पनी परेका छन् । अन्य समुहमा रहेको ४ वटा कम्पनीलाई लगानी समूहमा राखिएको हो । लगानी समूहमा नागरिक लगानी कोष, एचआइडीसीएल, निफ्रा, एनआरएन परेका छन् ।

यस्तै यसअघिको होटेल्स समूहको नाम परिवर्तन गरी होटेल्स तथा पर्यटन समूह बनाइएको छ । यसमा भर्खरै बजारमा सूचीकृत चन्द्रागिरि हिल्स परेको छ भने बाँकी होटेल्सहरु यथावत छन् ।

यसअघि नेप्सेमा म्युचुअल फन्डबाहेक ११ वटा समूह रहेका थिए । अब १२ समूह भएको छ । म्युचुअल फन्डसमेत गर्दा १३ समूह हुन्छ । हाल नेप्सेमा २१८ वटा कम्पनी सूचीकृत छन् ।

Check Also

जाल्पा सामुदायिक लघुवित्तको ७३% बोनस सेयर घोषणा

जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको ...

Comments are closed.