हिजोसम्म निरन्तर १० प्रतिशतले बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को मूल्य मंगलबार १० प्रतिशतले घटेको छ।
सो दरमा मूल्य घटे पनि आज भने किन्ने कोही छैनन्। कारोबार खुल्दा आज पनि कम्पनीको मूल्य हिजोको तुलनामा १० प्रतिशतले बढेको थियो।
सुरुआतमा मूल्य प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगे पनि ठूला लगानीकर्ताले बेच्न थालेपछि अन्ततः मूल्य ह्वात्तै घटेको हो। १० प्रतिशत मूल्य घटेपछि मूल्य अहिले ५९४ रुपैयाँमा फर्किएको छ।
यति धेरै संख्याले आइपिओ पाएको यो नै पहिलो हो, जसले गर्दा सेयर बजारमा यो कम्पनी निकै चर्चामा रह्याे।
बाँडफाँट गर्दा धेरैले ५० र ६० कित्ता सेयर पाए। त्यस्तै बजारमा सबभन्दा धेरै कित्ता सेयर सूचीकृत भएको कम्पनी पनि निफ्रा नै हो। यसको २० करोड कित्ता सेयर सूचीकृत छ।