ताजा समाचार
Home / समाचार / ई–पासपोर्टका लागि फ्रान्सेली कम्पनीलाई २ अर्बभन्दा बढीको ठेक्का

ई–पासपोर्टका लागि फ्रान्सेली कम्पनीलाई २ अर्बभन्दा बढीको ठेक्का

सरकारले आगामी कात्तिकदेखि ई–पासपोर्ट ल्याउने तयारी गरेको छ । ई–पासपोर्टका लागि पटक पटक बोलपत्र आह्वान गरेर रद्द गर्दै आएको राहदानी विभागले कात्तिकको पहिलो साता आइडेमिया आइडेन्टीटी एण्ड सेक्युरिटी फ्रान्सलाई २ करोड ११ लाख अमेरिकी डलर (साढे २ अर्बभन्दा बढी) बराबरको ठेक्का दिने निर्णय गर्दै प्रक्रिया अगाडि बढाएको छ ।

यसअघि ई पासपोर्ट छपाइका लागि आह्वान गरिएको बोलपत्र तीन पटकसम्म रद्द भएको थियो । ई(पासपोर्टका लागि परराष्ट्र मन्त्रालयले त्रिपुरेश्वरमा रहेको नयाँ भवनबाट पासपोर्टका लागि चाहिने पूर्वाधार जडान गरेर सर्वसाधारणलाई वितरण गर्ने तयारी गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

Check Also

जाल्पा सामुदायिक लघुवित्तको ७३% बोनस सेयर घोषणा

जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको ...

Comments are closed.