ताजा समाचार
Home / Headline / काेराेनाबाट थप ३०३ जना संक्रमित, ६ जनाको मृत्यु

काेराेनाबाट थप ३०३ जना संक्रमित, ६ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट ३०३ जना संक्रमित भएका छन् । आज भएको ४ हजार ५७४ पिसिआर परीक्षणमा ३०३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ९२ पुगेको छ।

आज २८५ जना निको भएर फर्किएका छन्। आजसम्म कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६४ हजार ८२३ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार १७ पुगेको छ।

Check Also

क्यान्सर विजेताहरुको तेस्रो ‘र्‍याम्प वाक’ पोखरामा हुँदै

क्यान्सर विजेताहरुको तेस्रो र्‍याम्प वाक पोखरामा हुने भएको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुप र ...

Comments are closed.