ताजा समाचार
Home / Headline / सोसल मिडिया वेबसाइटले हटायो ट्रम्पको भिडियो, ट्वीटरले यस्तो चेतावनी दिँदै गरिदियो अकाउन्ट लक

सोसल मिडिया वेबसाइटले हटायो ट्रम्पको भिडियो, ट्वीटरले यस्तो चेतावनी दिँदै गरिदियो अकाउन्ट लक

सोसल मिडिया वेबसाइट ट्वीटरले राष्ट्रपति डोनल्ड ट्रम्पको अकाउन्ट १२ घण्टाका लागि लक गरेको जानकारी दिएको छ । यो कारवाही उनको चुनाव सम्बन्धि ट्वीटको विषयमा गरेको हो ।

ट्वीटरले भनेको छ, ‘वासिङ्टन डिसीमा बनेको अभूतपूर्व हिंस्रक स्थितीलाई मध्यनजर गर्दै हामीलाई लाग्छ कि डोनल्ड ट्रम्पले आफ्ना तीन ट्वीट्स हटाउनु पर्नेछ । यी ट्वीटले हाम्रो सिभिक इन्टेग्रिटी पोलिसीको उल्लंघन गर्छ ।’

यसमा यदि डोनल्ड ट्रम्पले तीन ट्वीट हटाउँदैनन् भने उनको अकाउन्ट लक नै रहने बताइएको छ ।

ट्वीटरले यदि डोनल्ड ट्रम्पले ‘सिविक इन्टेग्रिटी पोलिसी’ को पुनः उल्लंघन गर्छन् भने उनको अकाउन्ट सधैंका लागि बन्द गरिने चेतावनी पनि दिइएको छ ।

उत्तरी अमेरिकाका टेक्नोलोजी रिपोर्टर जेम्स क्लेटनले आफ्नो रिपोर्टमा डोनल्ड ट्रम्पले आफ्नो समर्थकलाई जे सन्देश दिए, त्यसपछि अमेरिकी राजधानीमा हिंसा भएको हो । यो सन्देशलाई ट्वीटरले मात्रै नभई फेसबुक र युट्युबले पनि हटाएको छ ।

ट्रम्पले आफ्ना समर्थकलाई घर जान अपिल गरेका थिए तर उनले आफ्नो सन्देशमा चुनावको धाँधलीको दाबीलाई पनि दोहोराए ।

फेसबुकले ‘उनले सन्देशले स्थिती नियन्त्रण हुनुको साटो बिग्रने’ हो कि भन्ने आफूलाई लागेको बताएको छ ।

हिंसा अघि राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकलाई ‘यो चुनावमा धाँधली भएको’ बताएका थिए ।

त्यसको केही घण्टापछि जब अमेरिकी राजधानी र बाहिरको इलाकामा हिंसा सुरु भयो, तब उनले एक भिडियो सन्देशमा चुनावी धाँधली भएको आफ्नो दाबीलाई दोहोराए ।

युट्युबले ट्रम्पको भिडियो सन्देशलाई हटाउँदै भनेको छ, ‘उनको भिडियोले चुनावी धाँधलीको आधारहीन दाबी गरिरहेको छ जुन हाम्रो नीतिको विरुद्ध हो ।’

Check Also

क्यान्सर विजेताहरुको तेस्रो ‘र्‍याम्प वाक’ पोखरामा हुँदै

क्यान्सर विजेताहरुको तेस्रो र्‍याम्प वाक पोखरामा हुने भएको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुप र ...

Comments are closed.