ताजा समाचार
Home / Headline / कतारमा लगाइएको नाकाबन्दी साउदी अरबले हटायो

कतारमा लगाइएको नाकाबन्दी साउदी अरबले हटायो

साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । खाडी देशहरुमा यसलाई ठूलो घटना मानिएको छ किनभने कतारसँग धेरै छिमेकी देशहरुको विवाद रहँदै आएको छ ।

साउदी अरबले कतारमाथि तीन वर्षअघि नाकाबन्दी लगाएको थियो । मंगलबार साउदी अरबमा हुने गल्फ को-अपरेसन काउन्सील (जीसीसी)सम्मेलनको पूर्वसन्ध्यानमा साउदीले कतारमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । जीसीसीको सम्मेलनमा खाडी देशका ६ देश सहभागी हुने छन् ।

कतार सानो तर धनी खाडी देश हो । उसमाथि जिहादी आतंकवादीलाई साथ दिएको आरोप लाग्ने गरेको छ । सो आरोपको कतारले खण्डन पनि गर्दै आएको छ ।

बीबीसीका अनुसार कतारमाथिको प्रतिबन्ध लामो कूटनीतिक प्रयासबाट हटाउन सम्भव भएको हो र यसमा कुवेतले अहम् भूमिका निर्वाह गरेको छ ।

Check Also

धमाधम घोषणा हुँदै लाभांश, अहिलेसम्म कुन–कुनले कति गरे प्रस्ताव ?

 नेप्सेमा सूचीकृत ३० कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा ...

Comments are closed.