ताजा समाचार
Home / Headline / शिशुको मृत्युपछि कीर्तिपुर अस्पतालमा तोडफोड, १७ पक्राउ

शिशुको मृत्युपछि कीर्तिपुर अस्पतालमा तोडफोड, १७ पक्राउ

कीर्तिपुर मोडल अस्पतालमा तोडफोड भएको छ । धादिङ घर भएकी सबिना सुवेदी थापाको नवजात शिशुको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

अस्पताल प्रशासनले भने शिशुको पहिल्यै श्वास नरहेको भनी परिवारलाई जानकारी गराइएको दाबी गरेको छ । तोडफोडमा संलग्न १७ जना पक्राउ परेका छन् ।उनीहरुलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ । हाल अस्पताल प्रशासन र परिवारबीच छलफल समेत चलिरहेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी प्रमेश विष्टले बताएका छन् ।

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.