ताजा समाचार
Home / Headline / फ्री वाईफाईमा अनलाइन बैंकिङ प्रयोग नगर्न राष्ट्रिय वाणिज्य बैंकको आग्रह

फ्री वाईफाईमा अनलाइन बैंकिङ प्रयोग नगर्न राष्ट्रिय वाणिज्य बैंकको आग्रह

राष्ट्रिय वाणिज्य बैंकले फ्री वाईफाई तथा असुरक्षित इन्टरनेट कनेक्सनमार्फत अनलाइन बैंकिङ सेवा प्रयोग नगर्न आग्रह गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सुरक्षा सावधानी अपनाउन भन्दै यस्तो आग्रह गरेको हो ।

‘मोबाइल तथा अनलाइन बैंकिङ कारोबार गर्दा कहिल्यै पनि खुल्ला वाईफाई तथा असुरक्षित इन्टरनेट प्रयोग नगर्नुहोस्,’ बैंकले भनेको छ,’ यस्तो बेलामा जहिले पनि सुरक्षित र व्यक्तिगत इन्टरनेट कनेक्सन मात्र प्रयोग गर्नुहोस् ।’

फ्री वाईफाई तथा खुल्ला छोडिएका वाईफाईमार्फत जथाभावी रुपमा बैंकिङ कारोबार गर्दा तपाईंको व्यक्तिगत विवरण ठगहरुको हातमा पुग्न सक्छ । त्यसैले आफ्नो घरको वाईफाई अथवा मोबाइल डेटाबाट मात्रै इन्टरनेट तथा अनलाइन बैंकिङ जस्ता कारोबार गर्नुपर्ने हुन्छ ।

Check Also

धमाधम घोषणा हुँदै लाभांश, अहिलेसम्म कुन–कुनले कति गरे प्रस्ताव ?

 नेप्सेमा सूचीकृत ३० कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा ...

Comments are closed.