ताजा समाचार
Home / Headline / प्रभु लाइफको आइपिओ बाँडफाँड कहिले ? बिक्री प्रबन्ध सिद्धार्थ क्यापिटलको यस्तो छ तयारी

प्रभु लाइफको आइपिओ बाँडफाँड कहिले ? बिक्री प्रबन्ध सिद्धार्थ क्यापिटलको यस्तो छ तयारी

अहिले आइपिओमा परेको आवेदमाथि भेरीफाइ गर्ने काम गरिरहेका छौं । छिटो भन्दा छिटो बाँडफाँड गर्ने तयारी हुँदै  छ , सायद योहप्ताभित्र बाँडफाँड गर्ने गरी कार्य भैरहेको छ । मिति नै अहिले नै तोक्न सक्ने अवस्थामा छैन, भेरीफाइको काम छिटो भन्दा छिटो सकी प्रि अलोटमेन्ट  गरी बाँडफाँड गर्ने कार्यमा लागि परेको छ ।

आइीपिओमा  १० लाख ८२ हजार एक सय ४३ जना आवेदकले २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरको २ करोड ९२ लाख ८७ हजार ४ सय ३० कित्ताको लागि आवेदन  परेको छ ।  यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ५.४२ गुणा धेरै हो ।

यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी ५ लाख ४२ हजार १ सय ४३ जनाको हात खाली हुनेछ ।

कम्पनीले मंसिर २९ गते, सोमबारदेखि पौष २ गते बिहीबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई, ३ लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ५४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.