स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जनामा कोरोना पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको छ। त्यस्तै, यसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ८८ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४ हजार ६ सय २० जनामा पिसिआर परीक्षण गरिएको छ।
3commission