ताजा समाचार
Home / अर्थ / के हो ह्वाट्सएप बिजनेस अकाउन्ट ? यसरी गर्नुहोस् प्रयोग

के हो ह्वाट्सएप बिजनेस अकाउन्ट ? यसरी गर्नुहोस् प्रयोग

विश्वभर ह्वाट्सएपका दुई अर्बभन्दा धरै प्रयोगकर्ता रहेका छन् । नेपालमा समेत लाखौंले यो एप प्रयोग गरिरहेका छन् ।

एपले यति ठूलो प्रगति त्यसै हाँसिल गरेको होइन । यसले आफ्ना प्रयोगकर्ताका लागि नयाँ अनि महत्वपूर्ण सुविधाहरु ल्याउँदै आएको छ ।

तपाईंले यसको माध्यमबाट केवल च्याट मात्र नभएर अडियो तथा भिडियो कलिङ समेत गर्न सक्नुहुन्छ । साथै व्यवसायका लागि समेत ह्वाट्सएपको प्रयोग गर्न सकिन्छ ।

के हो ह्वाट्सएपको बिजनेस अकाउन्ट ?

इन्स्ट्यान्ट मेयास्जिङ एप ह्वाट्सएप यतिधेरै लोकप्रिय भइसकेको छ कि मानिसहरु आफ्नो व्यवसायसँग सम्बन्धित जानकारी समेत यसैको माध्यमबाट शेयर गरिरहेका हुन्छन् ।

तर तपाईंले चाहनु भयो भने व्यक्तिगतको साटो ह्वाट्सएपको बिजनेस अकाउन्ट समेत बनाउन सक्नुहुन्छ । ह्वाट्सएप बिजनेस अकाउन्ट व्यक्तिगत अकाउन्टभन्दा केही फरक हुने गर्दछ र यसमा तपाईंले आफ्नो बिजनेसको जानकारी समेत दिन सक्नुहुन्छ ।

कसरी बनाउने ?

आफ्नो फोनको प्ले स्टोर वा एप स्टोरमा गएर ह्वाट्सएप बिजनेस डाउनलोड गर्नुहोस् । एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् । डाउनलोड भइसकेपछि यसलाई एक्टिभ गर्नुहोस् ।

यसका लागि तपाईंले बिजनेस मोबाइल नम्बरबाट यो एप साइन अप गर्नुपर्ने हुन्छ । त्यसपछि यसमा रहेको तीन वटा डटमा क्लिक गर्नुपर्ने हुन्छ, जुन तपाईंले क्रिनको शिरानीमा देख्न सक्नुहुनेछ ।

यसबाट ह्वाट्सपको मेनु खुल्नेछ । अब त्यहाँ रहेको सेटिङमा जानुहोस् र बिजनेस सेटिङमा थिच्नुहोस् ।

यदि तपाईंको कुनै कम्पनी छ भने त्यसको नाममा समेत तपाईंले ह्वाट्सएप बिजनेस अकाउन्ट बनाउन सक्नुहुनेछ । यसमा तपाईंले आफ्नो वेबसाइटको एड्रेस तथा अन्य विवरण समेत राख्न सक्नुहुनेछ ।

ह्वाट्सएपको व्यक्तिगत र बिजनेस अकाउन्टमा के छ फरक ?

ह्वाट्सएप तथा ह्वाट्सएप बिजनेस भलै एउटै जस्तो देखिन्छन् । तर दुवै फरक फरक एप हुन् ।

ह्वाट्सएप एउटा म्यासेजिङ एप हो । जुन तपाईंले आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहनका लागि प्रयोग गर्न सक्नुहुन्छ ।

ह्वाट्सएप बिजनेस भने तपाईंको व्यवसाय बढाउनका लागि काम आउन सक्छ । यो एपमा तपाईंले आफ्ना ग्राहकसँग संवाद गर्न सक्नुहुन्छ र आफ्नो ब्राण्ड विकसित गर्नका लागि उपयोग गर्न सक्नुहन्छ ।

दुवै एपबीच सुविधामा समेत निकै अन्तर छ । दुवै एपमा केही विशेषता भने समान पनि छन् ।

तर ह्वाट्सएप बिजनेसमा बिजनेस प्रोफाइल तथा बिजनेस म्यासेजिङ टुल जस्ता विशेष सुविधा दिइएका छन् ।

यस्ता छन् ह्वाट्सएप बिजनेसका फाइदा

ह्वाट्सएप बिजनेस साना व्यवसायिक कारोबार बनाउनका लागि निकै सहयोगी छ । यसबाट काम गर्न र व्यापारिहरुलाई आपसमा सम्पर्कमा रहन निकै सहज हुने गर्दछ ।

साथै यसको सहयोगमा व्यवसायमा स्याम्पल लगायतका चिजहरु आदानप्रदान गर्न समेत सहयोग पुग्छ । यसको माध्यमबाट अर्डर लिन दिन पनि सहज हुने गर्दछ ।

सामान्य रुपमा भन्दा यसले व्यापार तथा व्यवसाय र ग्राहक तथा उपभोक्तालाई आपसमा जोड्ने काम गर्दछ । source :Techpana

Check Also

लघुवित्तको कस्ट अफ फन्ड ११.८१ प्रतिशत पुग्यो, सबैभन्दा सस्तो लागतमा साना किसानले उठाउँछ फन्ड

वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा दिने व्याज दर वृद्धि गरेसँगै बैंकहरुको निक्षेप लागतमा वृद्धि भएको छ ...

Comments are closed.