ताजा समाचार
Home / समाचार / सौराहामा सञ्चालनमा आयो पहिलो वन्यजन्तु अस्पताल

सौराहामा सञ्चालनमा आयो पहिलो वन्यजन्तु अस्पताल

नेपालमा पहिलो पटक स्थापना भएको वन्यजन्तु अस्पताल सञ्चालनमा आएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै निर्माण भएको अस्पतालको वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले शुक्रबार शुभारम्भ गरे ।विभिन्न कारणले रोगी, बिरामी, असहाय, अशक्त, तथा घाइते भएका वन्यजन्तुको उपचार तथा व्यवस्थापनका लागि अस्पतालले उपचार सेवा प्रदान गर्नेछ । बर्दिय राष्ट्रिय निकुञ्जलगायत देशका अन्य भागमा घाइते तथा रोगी भएका वन्यजन्तुलाई अस्पतालमा ल्याएर उपचार गर्ने गरिएको थियो ।

विस २०७१ सालमा अस्पताल निर्माण शुरुवात गरिएको थियो । एक वर्षअघि नै निर्माण सम्पन्न भएपनि अस्पतालमा आवश्यक उपकरण तथा औषधि अभावमा सञ्चालनमा आउन सकेको थिएन । अस्पताल निर्माणमा करिब रु तीन करोड ९० लाख ८४ हजार खर्च भएको कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेले जानकारी दिए ।

अस्पताल निर्माण गर्न सरकार, डब्लुडब्लुएफ नेपाल, डेनभर जुको पनि सहयोग प्राप्त भएको थियो । सुविधा सम्पन्न दुई तले भवनबाट वन्यजन्तुको ओपिडी, ल्याब, शल्यक्रिया कक्ष, अफिस, डिस्पेनसरी, कर्मचारी अवास र बैठक कक्ष रहेका छन् । यसअघि वन्यजन्तुलाई उपचार गर्न बहोस बनाउन डाट गर्ने गरिदैँ आइए पनि अब अत्याधुनिक प्रविधिबाट ग्यास प्रयोग गरी वन्यजन्तुलाई असर नपर्ने गरी उपचार गर्न सकिने चिकित्सकले जनाएका छन् ।

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.