ताजा समाचार
Home / Headline / देशभक्ति प्रदर्शन गर्ने चुनाैति आएकाे छ – पुर्व राजा ज्ञानेन्द्र

देशभक्ति प्रदर्शन गर्ने चुनाैति आएकाे छ – पुर्व राजा ज्ञानेन्द्र

सत्तारुढ दलमा विवाद आएसँगै राजावादी शत्तलीहरु चलमलाउन थालेका छन् । मंसिर २० गते शनिवार राजावादीहरुले राजतन्त्र स्थापनाको माग गर्दै प्रदर्शन गर्ने तयारी गरिरहेकै बेला पूर्व राजा ज्ञानेन्द्र शाहको देशवासीका नाममा सन्देश सार्वजनिक हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पुर्व राजा ज्ञानेन्द्रले जनता यो शासन व्यवस्थासँग निराशमात्रै छैनन्, उनीहरूमा नयाँ अभिभावकको आवश्यकता महसुस भइसकेको बताउनु भयो । पुर्व राजा ज्ञानेन्द्रले जनताका नाम जारी गर्नु भएको सन्देश जस्ताको त्यस्तै :

प्यारा देशवासी दिदीबहिनी तथा दाजुभाई, हाम्रा सवै मित्र, सहयाेगी तथा शुभचिन्तकहरूलाई आफ्ना व्यक्तिगत तुष्टी, पूर्वाग्रह र अनावश्यक शंका-उपशंका गर्नबाट टाढै रही ‘देशले माँगेकाे सहयाेग गर्न’ म सवैमा विनम्रतापूर्वक अनुराेध गर्दछु । अहिलेकाे समय नेता वा नेतृत्वकाे खाेजी गर्ने बेला हाेइन, बरु आफूले सदैव विश्वास गरेकाे आस्थाकेन्द्र बारे अन्तरमनले हेर्ने र उनकाे आवाज सुन्ने बेला हाे ।केही प्रश्नहरू भए तपाईहरूले छातीमा हात राखेर आफ्नाे मनलाई सवैभन्दा पहिले साेध्ने, र अरूका कुरालाई पनि राम्ररी सुनेर मात्रै आफ्नाे निर्णय वा अभिमत बनाउनु उचित हुन्छ भन्ने मलाई लागेकाे छ । अव तपाईहरूसमक्ष आफ्नाे देशभक्ति प्रदर्शन गर्ने चुनाैति आएकाे छ ! आ-आफ्नाे सामर्थ्य र गच्छेअनुसार जे-जस्ताे तरिकाले भए पनि आफ्नाे अटल समर्थन र विश्वास अभिप्रकट गर्न तपाईहरूले आम जनसमुदायकाे आकाँक्षालाई सफलीभूत पार्न जनताले चालिरहेका कदमहरूलाई साथ दिनुहुनेछ भन्ने कुरामा म दृढविश्वस्त छु ! कृपया, याे आव्हानलाई तपाईहरूले आफ्नाे मातृभूमीकाे पूकार सम्झिनु हाेला ! जय देश !

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.