ताजा समाचार
Home / Headline / पटाका पड्काउँदा आगलागी, ६ घर जल्यो

पटाका पड्काउँदा आगलागी, ६ घर जल्यो

बालबालिकाले पड्काएको पटाकाबाट आगलागी हुँदा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा ६ वटा घर जलेको छ ।

नगरपालिकाको वडा नम्बर ३ तरहीमा बिहीबार दिउँसो पटाका पड्काउँदा आगलागी भएको हो । बतहीदेवी मुखियाको घरबाट शुरु भएको आगोले उनका छिमेकी रामरुप, राज, मुकेश, राजकुमार र मुकेश मुखियाको १/१ वटा घर जलेको छ । उनीहरुको घरभित्रको सम्पूर्ण सामान जलेर झण्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीले सबैभन्दा बढी राजकुमार मुखियाको घरमा भएको छ । उनको एक घरसहित घरभित्रका सामान जल्दा ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

आगलागीलाई स्थानीय बासिन्दा एवं प्रहरीको सहयोगमा निभाइएको प्रहरीले जनाएको छ ।

Check Also

धमाधम घोषणा हुँदै लाभांश, अहिलेसम्म कुन–कुनले कति गरे प्रस्ताव ?

 नेप्सेमा सूचीकृत ३० कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा ...

Comments are closed.