गत हप्ता पोलिश संबैधानिक अदालत लगभग सबै गर्भपतनलाई अबैधानिक घोषणा हुने नया नजिर स्थापित गरिदिएपछि पोलिश महिलाहरु आन्दोलित भएका हुन। आज नवौं दिनको आन्दोलनमा राजधानी वार्सामा कम्तिमा चार लाख बढीले अदालतको कदम विरुद्ध प्रदर्शन गरेका छन।
राजधानीको केन्द्र भाग बाट सुरु भएको र्याली सत्तारूढ दल पिआईएस पार्टी नेता काजिनिस्कीको घर छेउ पुगेर समाप्त भएको थियो। कतिपय स्थानमा गर्भपतन बन्द हुनुपर्ने पक्षका मानिसहरुले र्यालीमा आक्रमण गरेको स्थानीय सञ्चार एजेन्सीले जनाएका छन। र्यालीलाई समर्थन गर्न वार्साका मेयर आफै पनि केही समय उपस्तिथि जनाएका थिए।
र्याली आयोजक कमिटीकि एक नेता मार्ता लेम्पार्टले आन्दोलन निर्णय फिर्ता नहुन्जेल जारी राख्ने उद्द्घोष गरिन।
आन्दोलन चर्किदै जादा रास्ट्रपति आन्द्रे दुदाले केही असहज अवस्थामा गर्भपतन गर्न पाईने कानुन ल्याउने बताएको सञ्चार माध्यमहरुले स्रोतलाई उद्दृत गर्दै लेखेका छन। यधपी विपक्षीहरुले रास्ट्रपतिले आन्दोलन दबाउन स्टन्ट प्रचार गरेको आरोप लगाएका छन।