ताजा समाचार
Home / Headline / कोरोनाबाट ४ जना नर्सको मृत्यु ५ सयभन्दा बढी संक्रमित

कोरोनाबाट ४ जना नर्सको मृत्यु ५ सयभन्दा बढी संक्रमित

कोरोना संक्रमणबाट नेपालमा हालसम्म ४ जना नर्सको मृत्यु भएको छ । मृतक ४ जना नर्स वीर अस्पतालबाट सेवानिवृत्त  नर्स हुनुहुन्छ ।

नेपाल नर्सिङ संघकी कोषाध्यक्ष एवं प्रवक्ता कल्पना श्रेष्ठका अनुसार सुवर्णलक्ष्मी ताम्राकार, विद्या जोशी, लक्ष्मी चित्रकार्र  र चन्द्रकला परियारको मृत्यु भएको हो ।

ताम्राकार र जोशीको उमेर ७० वर्षीया रहेको कोषाध्यक्ष  श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार परियार ६४ र चित्रकार ६५ वर्षीया हुनुहुन्थ्यो ।

‘उहाँहरु चारै जना नर्स सेवा निवृत्त हुनुन्थ्यो र संघको आजीवन सदस्य पनि हुनुहुन्थ्यो’ ? प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘हामीले कोरोना महामारी सुरु भएयता ४ जना नर्सलाई गुमायौँ,नेपालको नर्सिङ क्षेत्रमा ठूलो क्षति भयो ।

श्रेष्ठका अनुसार ४ जना नै दीर्घ रोगी हुनुहुन्थ्यो । उहाँहरुमा मधुमेह, क्यान्सर, उच्च रक्तचाप लगायतका समस्या थिए । देशभर अहिलेसम्म ५ सय भन्दा बढी नर्सहरु संक्रमित भइसकेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । अहिले सेवारत कोही पनि नर्सको कोरोनाबाट मृत्यु नभएको उहाँले बताउनुभयो ।

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.