ताजा समाचार
Home / Headline / सुदूरपश्चिममा दशैँमा बन्द रहेको कोरोना परीक्षण पुनः आजदेखि सुरु

सुदूरपश्चिममा दशैँमा बन्द रहेको कोरोना परीक्षण पुनः आजदेखि सुरु

दशैँमा बन्द रहेको कोरोना परीक्षण बुधबारदेखि पुनः सुरु गर्ने तयारी गरिएको छ । दशैँका दुई दिन प्रयोगशाला नै बन्द गरेका सुदूरपश्चिमका अस्पतालहरुले बुधबारदेखि परीक्षण थाल्ने भएका हुन् ।

दर्शैँका बेला समेत कोरोना परीक्षण जारी राख्ने व्यवस्था मिलाएको सेती प्रादेशिक अस्पतालमा पनि नमूना संकलन नहुँदा सोमबार र मंगलबार परीक्षण हुन सकेन ।

नमूना संकलन शून्यमा नझरेको भएपनि प्रयोगशाला सञ्चालन गर्न आवश्यक पर्ने न्यूनतम संख्या समेत नपुगेपछि रोकिएको परीक्षण बुधबारदेखि फेरी सुरु गर्ने अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले बताए ।

आशिंक रुपमा परीक्षण बन्द गरेका पहाडी जिल्लाका अस्पतालले समेत बुधबारदेखि मात्र प्रयोगशाला सञ्चालन गर्ने भएका छन् । बैतडीको कोभिड–१९ सम्पर्क व्यक्ती भुवन प्रसाद जोशीले बुधबारदेखि पुनः परीक्षण र नमूना संकलनको काम थालिने बताए ।

सेती प्रादेशिक अस्पतालसंगै डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बैतडी, बझाङ, डोटी र अछामको कमलबजार नगरपालिकाले प्रयोगशाला सञ्चालन गर्दै परीक्षण गरिरहेका छन् । एउटा प्रयोगशालामा दैनिक १ हजार २ सय जनाको परीक्षण गर्न सकिने क्षमता छ ।

तर दशैँमा भने १ जनाको पनि सुदूरपश्चिममा परिक्षण हुन सकेन । स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ती हरिप्रसाद भट्टले दशैँका समयमा आकस्मिक नमूना परीक्षण गर्ने भनिएपनि स्वाब संकलन नभएका कारण रोकिएको बताए ।

उनले बुधबारदेखि नमूना संकलन र परीक्षणको कामले गति पाउने बताए । सुदूरपश्चिममा दशैँपछि कोरोना संक्रमण बृद्धि हुने चिकित्सकले अनुमान गरेका छन् । अवस्था यकिन गर्न परीक्षणलाई तीव्रता दिनुपर्ने सुझाव दिईएको छ

Check Also

धमाधम घोषणा हुँदै लाभांश, अहिलेसम्म कुन–कुनले कति गरे प्रस्ताव ?

 नेप्सेमा सूचीकृत ३० कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा ...

Comments are closed.