पोल्यान्ड – कोरोना संक्रमण दर हेरेर प्रत्येक पन्ध्र दिनको लागि पोलिश सरकारले जारी गर्ने नो फ्लाइट देशहरुको सुचिमा नेपाल पनि परेको छ।
आज देखि नोभेम्बर १० सम्म लागू हुने उक्त नियममा हाल कायम रहेका २९ देशमाथिको हवाई उडान प्रतिबन्ध कायम राख्दै थप ५ देशलाई पनि नो फ्लाइट सुचीमा राखिएको हो।
नया थपिएको सुचिमा अल्बानिय, बोस्निया हर्जगोभिना, होन्दुरस , नेपाल र मोरक्को रहेका छन।
यस अघिनै पोल्यान्डले कतार, युएई लगायत २९ देशहरु संगको प्रत्यक्ष हवाई उडान प्रतिबन्ध कायम राखेको छ। यद्यपि उक्त ३४ देशहरुमा ईयुका सदस्य रास्ट्रहरु, युक्रेन र रसिया परेका छैनन।