ताजा समाचार
Home / Headline / इ-कमर्श कम्पनीहरुबीच सामाजिक सञ्जालमा ‘मिम वार’, मार्केटिङमा नयाँ शैलीको प्रयोग

इ-कमर्श कम्पनीहरुबीच सामाजिक सञ्जालमा ‘मिम वार’, मार्केटिङमा नयाँ शैलीको प्रयोग

नेपाली इ-कमर्श कम्पनीहरुबीचको मिम वार श्रृंखलाले मार्केटिङ शैलीमा नयाँ प्रयोग देखिएको छ।

आफ्ना प्रतिस्पर्धीहरुले बेच्ने भन्दा कम मूल्यमा सामान दिने सन्देशसहित एकअर्का प्रति लक्षित मिम सार्वजनिक गर्ने क्रम रोकिएको छैन।

प्रतिस्पर्धी कम्पनीभन्दा आफ्नो सामान खरिद गर्न प्रेरित गरिएका मिम इ-कमर्श कम्पनीहरुले सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। केही इकमर्श कम्पनीहरुले प्रतिस्पर्धी कम्पनीको नामै तोकेर मिम आफ्ना सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। कम्पनीहरुले मुख्य गरी मिक्स्चर र ग्राइन्डरको मूल्यलाई लिएर मिम एकअर्का प्रति प्रहार गरिरहेको देखिन्छ।

सबैभन्दा पहिला असोज ३० गते इ-कमर्श कम्पनी दराजले प्रतिस्पर्धी सस्तोडिललाई लक्षित गरी मिम फेसबुकमा पोष्ट गरेको थियो। त्यसको जवाफ सस्तोडिलले एक घण्टा पछि दिएको थियो । हेेर्नु होस मिम

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.