ताजा समाचार
Home / Headline / जाडोमा कोरोना महामारी बढ्ने भन्दै पूर्वतयारी गर्न प्रधानसेनापतिको निर्देशन

जाडोमा कोरोना महामारी बढ्ने भन्दै पूर्वतयारी गर्न प्रधानसेनापतिको निर्देशन

प्रधासेनापति पूर्णचन्द्र थापाले चाडो मौसममा कोभिड–१९ (कोरोना) भाइरसको महामारी बढ्ने भएकाले पूर्वतयारी गर्न निर्देशन दिएका छन् ।

मातहतका सबै पृतनापतिलाई उनले चाडो मौसममा महामारी बढ्ने पूर्वानुमान अनुसार तयारी गर्न निर्देशन दिएका हुन् ।

मंगलबार सम्पन्न पृतनापति समन्वयात्मक बैठकमा उनले भनेका छन्, ‘सबै पृतनाहरुले सम्बन्धित सरोकारवाला निकायहरुसँग निरन्तर समन्वयमा गरेर आवश्यक पूर्वतयारी गर्नुहोला ।’

उनले महामारीको समयमा आफ्नो फौज र तिनका परिवारको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन पनि भनेका छन् । संक्रमण भइहाले उचित उपचारको व्यवस्था मिलाउन र हौसला कायम राख्न सबैलाई निर्देशन दिन पनि भनेका छन् ।

उनले नेपाली सेनाको कार्यशैलीमा सकारात्मक परिवर्तन आएको बताउँदै संगठनलाई पद्धति र प्रणालीमा आधारित बनाउन थप बल पुर्‍याएको पनि भनेका छन् ।

बैठकमा जर्नेलहरुले जिम्मेवारी अनुसारको विषयको प्रगति विवरणको समीक्षा गरेका थिए भने सुरक्षाको वर्तमान स्थिति र कोभिड–१९ बाट सिर्जित अवस्था तथा त्यसबाट आइपर्नसक्ने सुरक्षा चुनौतीहरु एवं लिनुपर्ने कार्यनीतिबारे सुझावसहितको प्रस्तुतिकरण दिएका थिए ।

Check Also

जाल्पा सामुदायिक लघुवित्तको ७३% बोनस सेयर घोषणा

जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको ...

Comments are closed.