ताजा समाचार
Home / Headline / दिल्लीको प्लेइङ सेटमा पर्न सन्दीपलाई किन मुस्किल ?सन्दीपले कहिले खेल्लान् ?

दिल्लीको प्लेइङ सेटमा पर्न सन्दीपलाई किन मुस्किल ?सन्दीपले कहिले खेल्लान् ?

इन्डियन प्रिमियर लिग (आईपीएल)को १३औं संस्करण अहिले संयुक्त अरब एमिरेट्स (युएई)मा चलिरहेको छ । विश्वकै चर्चित र स्टार खेलाडीको जमघट हुने लिगलाई नेपालीहरुले पनि निकै पछ्याइरहेका छन् । एकजना स्वदेशी क्रिकेटरको पनि उपस्थिति भएकाले नेपालीको अतिरिक्त चासो आईपीएलमा छ ।

नेपालका युवा स्टार सन्दीप लामिछाने लगातार तेस्रोपटक आइपीएल खेलिरहेका छन् । तर, लिग चरणमा उनको टिम दिल्लीले तीन वटा म्याच खेलिसक्दा पनि सन्दीप प्लेइङ ११ मा पर्न सकेका छैनन् । आगामी खेलहरुमा पनि उनले मौका पाउँछन् पाउँदैनन् भन्न सकिने अवस्था छैन ।

सन्दीपले कहिले खेल्लान् ?

दिल्लीले तेस्रो खेलसम्म चार विदेशीलाई निरन्तरता दिइरहेको थियो । तर प्रदर्शनका हिसवाले भने रबाडा र स्टोइनिसले मात्र आफूलाई प्रमाणित गरेका छन् । रबाडाले उत्कृष्ट बलिङ गरिरहेका छन् । स्टोइनिसले आवश्यक परेका बेला ब्याट र बल दुवैमा राम्रो गरिरहेका छन् ।

फास्ट बलर नोर्किए र ब्याट्सम्यान हेटमायरले सोचे अनुसारको प्रदर्शन देखाउन सकेका छैनन् । मध्यक्रममा ब्याटिङ गर्ने हेटमायरले सीपीएलको प्रदर्शन दोहोर्‍याउन नसक्दा दिल्लीलाई घाटा भएको छ ।

दिल्लीले ब्याटिङ अर्डरमा केही परिवर्तन गरेको खण्डमा र विदेशी खेलाडीको व्यापक परिवर्तन गर्दा सन्दीपको पालो आउन सक्छ । अघिल्लो खेलमा हैदरावादसँग पराजित हुँदा विदेशी खेलाडीमध्ये रबाडाले मात्र राम्रो प्रदर्शन गरेका थिए ।

यस्तै नर्किए र अमित मिश्राको प्रदर्शन पनि राम्रो हुन सकेन । यदी दिल्लीले यी स्थानमा परिवर्तन गर्न चाहेमा सन्दीपको सम्भावना हुन सक्नेछ । दिल्लीले अब अर्को खेल ३ अक्टोबरमा कोलकता नाइट राइडर्ससंग शारजहाँमा खेल्नेछ ।

हुनत यसअघिका दुई संस्करणमा पनि सन्दीपले सुरुवाती खेलहरु बेन्चमा बसेर हेरेका थिए । पहिलो संस्करणमा उनले दिल्ली प्रतियोगिताबाट बाहिरिएपछिका ३ खेलमा मौका पाएका थिए । यसपटक वेस्ट इन्डिजको लिगमा राम्रो प्रदर्शन गरेकाले आईपीएलमा पहिलो खेलबाटै सन्दीपले खेल्न सक्ने भारतीय मिडियाहरुको पनि अड्कल थियो । तर यो सत्य सावित भएन् ।

Check Also

क्यान्सर विजेताहरुको तेस्रो ‘र्‍याम्प वाक’ पोखरामा हुँदै

क्यान्सर विजेताहरुको तेस्रो र्‍याम्प वाक पोखरामा हुने भएको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुप र ...

Comments are closed.