नेपालमा शेयर बजारमा लगानीकर्ताहरूकाे आकर्षण बढ्दाे छ । पछिल्लाे समय शेयरमा आवेदन भर्नेहरूकाे संख्या दिनानुदिन बढ्दै गएकाे छ । आफ्ना परिवारका सदस्यहरूकाे नाममा डिम्याट खाता खाेल्ने र सबैकाे नाममा शेयर आवेदन गर्ने क्रम पनि बढेकाे छ। परिवारकाे नाममा शेयर त आउँछ तर किनबेच गर्नका लागि भने सबैकाे ब्राेकर अकाउन्ट खाेल्न सम्भव हुँदैन ।त्यसैले परिवारकाे नाममा रहेकाे शेयर कसरी एउटै अकाउन्टबाट किनबेच गर्न सकिन्छ भनेर ग्राहकहरू अलमलमा परेकाे देखिन्छ ।
त्यस्तै नेपालमा हाल एक व्यक्तिकाे दुइवटासम्म डिम्याट अकाउन्ट प्रयाेग गर्न सकिन्छ तर काराेबार भने एउटा अकाउन्टबाट मात्र गर्न सकिन्छ । त्यसका लागि दुवै अकाउन्टमा भएका शेयरहरूलाइ एउटामा राखेर काराेबार गर्नुपर्ने हुन्छ ।
यी दुवै प्रकृतिका शेयर ट्रान्सफर गर्ने तरिकाकाे बारेमा याे लेख तयार पारिएकाे छ ।
एकै व्यक्तिकाे एउटा डिम्याटबाट अर्काे डिम्याट अकाउन्टमा ट्रान्सफर गर्ने तरिका
पहिलाे क्यापिटल (जहाँबाट शेयर ट्रान्सफर गर्ने)मा लिएर जानुपर्ने कागजातहरू
- नागरिकता
- क्यापिटलमा गएर BO to BO form मागेर भर्ने अनि भेरिफाइ गर्ने
- ट्रेड आइडि लिने (प्रति कम्पनीकाे रू २५ पर्छ)
- डिम्याट खाता स्वीकृति पत्र (Demat account acknowledgement Letter) लिने र भेरिफाइ गर्ने
दाेश्राे क्यापिटल (जहाँ शेयर ट्रान्सफर गर्ने)मा लिएर जानुपर्ने कागजातहरू
- नागरिकता
- BO to BO form मागरे भर्ने अनि भेरिफाइ गर्ने
- डिम्याट खाता स्वीकृति पत्र (Demat account acknowledgement Letter) लिने र भेरिफाइ गर्ने
दुवै क्यापिटलमा फारमहरू भरेर भेरिफाइ भएपछि ती फारमहरू लिएर CDSC मा जाने ।
- दुवै क्यापिटलमा भरेर भेरिफाइ गरेकाे BO to BO form बुझाउने
- डिम्याट अकाउन्ट स्वीकृति पत्र बुझाउने
- प्रति कम्पनी रू १०० का दरले फि बुझाउने र पहिलाे क्यापिटलमा तिरेकाे पैसाकाे बिल पनि पेस गर्ने
- नागरिकता लिएर जाने
माथी उल्लेखित काम सबै एकैदिनमा गरिसक्नुपर्छ । नत्र पहिलाे क्यापिटलमा लिएकाे ट्रेड आइडिकाे समय सकिन्छ र फेरि आइडि लिनुपर्ने हुन्छ ।
परिवारकाे डिम्याट अकाउन्टमा रहेकाे शेयर अाफनाे डिम्याट अकाउन्टमा ट्रान्सफर गर्ने तरिका
- जसकाे अकाउन्टबाट शेयर ट्रान्सफर गर्ने हाे उसकाे अनुमति हुनुपर्ने
- दुवैजना आफ्नाे आफ्नाे नागरिकता लिएर क्यापिटलमा जाने
- क्यापिटलमा गएर BO to BO form मागेर भर्ने अनि भेरिफाइ गर्ने
- ट्रेड आइडि लिने (प्रति कम्पनीकाे रू २५ पर्छ)
- डिम्याट खाता स्वीकृति पत्र (Demat account acknowledgement Letter) लिने र भेरिफाइ गर्ने
- दुवैजनाले क्यापिटललाइ निवेदन लख्नुपर्छ। ( लिने र दिने दुइ प्रकृतिकाे )
- तीनपुस्ते नाता खुल्ने कागजात लिएर जानुपर्छ जसले प्रमाणित गर्न सकाेस कि तपाइँ पारिवारिक शेयर एकत्रित गर्दै हुनुहुन्छ ।
- दुइजनाबीचकाे नाता प्रमाणित गर्ने कागजात
- क्यापिटलमा भरेर भेरिफाइ भएका कागजातहरू लिएर सिडिएससि जाने र बाँकि प्रकृया पुरा गर्ने
- दुवैजना क्यापिटल र सिडिएससि सँगसँगै जानुपर्छ ।
यसरी तपाइँकाे परिवारकाे नाममा भएकाे शेयर तपाइँकाे अकाउन्टमा ट्रान्सफर गर्न सकिन्छ र किनबेच गर्न सकिन्छ ।