ताजा समाचार
Home / Headline / असोज १९ देखि तातोपानी नाका खोल्ने निर्णय

असोज १९ देखि तातोपानी नाका खोल्ने निर्णय

चीनसँगको महत्त्वपूर्ण व्यापारिक नाका तातोपानी नाका आगामी असोज १९ गतेदेखि खुला गर्ने निर्णय भएको छ । नेपाली र चिनियाँ पक्षबीच मंगलबार सिन्धुपाल्चोकमा भएको द्वीपक्षीय बैठकले लामो समयदेखि बन्द रहेको नाका असोज १९ देखि खोल्ने निर्णय गरेको हो ।सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ)उमेश ढकालले असोज १८ गतेभित्र आवश्यक सबै तयारी गर्ने र १९ गतेदेखि नाका सञ्चालनमा ल्याउने निर्णय भएको रातोपाटीलाई बताए । उनका अनुसार सीमामा सामान लोड तथा अनलोड गर्नेसहित सम्बन्धितको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्नेछ भने अन्य स्वास्थ्य सुरक्षा सावधानीसमेत अपनाएर नाका सञ्चालनमा आउने छ । दुई पक्षीय बैठकमा चीनतर्फको ल्हासाका अधिकारी र नेपालतर्फबाट सीडीओ ढकालसहितका अधिकारीहरु सहभागी थिए । यसो त अहिले चीनसँगको अर्को नाका रसुवागढी समेत प्रभावित रहेको छ । नेपाल हिमालय सीमापार वाणिज्य संघका बच्चु पौडेलले खासा, नेलम, ल्यासा र केरुङमा गरी करिव दुई हजार कन्टेनर सामानहरु सीमा पारी रहेको बताए ।
नाका खुलाउन परराष्ट्र मन्त्रालयले चीनसँग आवश्यक पहल नगरेको भन्दै आलोचना समेत भएको थियो ।

Check Also

क्यान्सर विजेताहरुको तेस्रो ‘र्‍याम्प वाक’ पोखरामा हुँदै

क्यान्सर विजेताहरुको तेस्रो र्‍याम्प वाक पोखरामा हुने भएको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुप र ...

84 responses to “असोज १९ देखि तातोपानी नाका खोल्ने निर्णय”