ताजा समाचार
Home / Headline / जनरल इन्स्योरेन्स कम्पनी नेपालको आईपीओमा रेकर्ड, हालसम्मकै धेरै संख्याबाट आवेदन

जनरल इन्स्योरेन्स कम्पनी नेपालको आईपीओमा रेकर्ड, हालसम्मकै धेरै संख्याबाट आवेदन

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा नयाँ रेकर्ड कायम भएको छ । कम्पनीको आईपीओ निष्काशन भएको तेस्रो दिनसम्ममा नै हालसम्मको धेरै संख्यामा आवेदन परेको हो ।

सिडिएससीका अनुसार मंगलबार साँझ ५ः१५ बजेसम्ममा ६ लाख ८३ हजार २७६ वटा आवेदन परेको हो । यो संख्या हालसम्मकै उच्च हो ।

हालसम्म एउटा आईपीओमा अधिकतम ६ लाख १४ हजार वटासम्म मात्र आवेदन परेको थियो। यसअघि शेयर जारी गरेको रिलायन्स लाइफ इन्स्योरेन्समा सर्वाधिक आईपीओ आवेदन भएर रेकर्ड कायम भएकोमा सो रेकर्ड तेस्रो दिनमा नै ब्रेक भएको छ ।

जनरल इन्स्योरेन्सको आईपीओमा मंगलबार साँझ ५ः१५ बजेसम्ममा सर्वसाधारणबाट मागको ७.०३ गुणा धेरै कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणबाट २७ लाख ३० हजार कित्ताको लागि आवेदन आह्वान गरेकोमा १ करोड ९२ लाख ३ हजार ८५० कित्ताको माग अवेदन परेको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले नोटबजारलाई जानकारी दिए ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० लाख कित्ता शेयर जारी गरेकोमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता शेयर छुट्टाएर बाँकी २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

आईपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि असोज १४ गतेसम्म बुधबारसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताहरुले ‘मेरो शेयर’ को साथै धितोपत्र बोर्डबाट आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सकिन्छ ।

जनरल इन्स्योरेन्सको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्रमाणपत्र प्राप्त गरेको छ।
आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.