ताजा समाचार
Home / Headline / आर्सनलको सानदार सुरुवात इंग्लिस प्रिमियर लिग फुटबलमा

आर्सनलको सानदार सुरुवात इंग्लिस प्रिमियर लिग फुटबलमा

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार सुरुवात गरेको छ । आज भएको नयाँ सिजनको पहिलो खेलमा आर्सनलले फुलहमलाई ३ –० गोल अन्तरले हरायो ।
आर्सनलका एलेक्जान्ड्रा लाकाजेट, ग्राबियल र पिएर एम्रिक आबुमियाङले एक एक गोल गरे । प्रिमियर लिग फुटबलमा आजै पौने ८ बजे क्रिस्टल प्यालेसले साउथह्याम्टनसँग खेल्छ । यस्तै, साविक विजेता लिभरपुलले नवप्रवेशी क्लब लिड्स युनाइेडसँग बेलुका सवा १० बजे खेल्नेछ । न्युक्यासल र वेस्ट ह्यामको खेल भने राति पौने १ बजे हुनेछ ।

Check Also

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका 

इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा ...

Comments are closed.