ताजा समाचार
Home / Headline / उत्तर कोरियामा व्यवस्थाको आलोचना गर्ने पाँच अधिकारीलाई फासी

उत्तर कोरियामा व्यवस्थाको आलोचना गर्ने पाँच अधिकारीलाई फासी

दक्षिण कोरियाली मिडियाको दावी अनुसार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्ना पाँच जना अफिसरलाई फासीको सजाय दिएका छन् ।

देशको अर्थव्यवस्थाबारे सवाल उठाएकै कारण नेता किमले उनीहरुलाई फासी दिएको दिक्षण कोरियाली मिडिया डेली एनकेले जनाएको छ । मिडिया रिपोर्टका आधारमा ती अफिसरले गत जुलाईमा डीनर पार्टीको क्रममा देशको अर्थव्यवस्था र किमको शासन व्यवस्थामाथि टिप्पणी गरेका थिए ।

यस्तै उनीहरुले शासकलाई व्यवस्था सुधार गर्न सुझाव समेत दिएको बताइन्छ । तर ती अफिसरहरुले टिप्पणी गरेको बारे अरु अधिकारीहरुले नेता किमलाई जानकारी दिएका थिए । सोही घटनापछि किमले उनीहरुलाई माफी माग्न लगाएका थिए । साथै उनीहरुले देशको शासन व्यवस्था कमजोर बनाउन भूमिका खेलेको स्वीकार गरेका थिए । त्यसपछि नै जुलाईको अन्त्यमा उनीहरुलाई फासी दिइएको हो ।

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

Comments are closed.