ताजा समाचार
Home / Headline / अर्थमन्त्रीले दिए राजीनामा,अर्थ र सञ्चार मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई

अर्थमन्त्रीले दिए राजीनामा,अर्थ र सञ्चार मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई

अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएका थिए ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको भन्दै जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् । वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनु पर्ने समय भएकाले बढी नै चुनौती रहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

आजै, राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी छन् । शुक्रबार अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि उनले सम्हाल्दै आएको मन्त्रालयको जिम्मा प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

Check Also

युनाइटेडविरुद्ध सलाहले एकै सिजनमा गरे ५ गोल

 लिभरपुलका मोहमद सलाहले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड विरुद्ध दुई गोल गर्दै नयाँ कीर्तिमान बनाएका छन् ...

13 responses to “अर्थमन्त्रीले दिए राजीनामा,अर्थ र सञ्चार मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई”