ताजा समाचार
Home / मनोरञ्जन / राष्ट्रियसभाको नाम हरूवा राहत सभा राख्न संग्रौलाको सुझाव

राष्ट्रियसभाको नाम हरूवा राहत सभा राख्न संग्रौलाको सुझाव

लेखक खगेन्द्र संग्रौलाले राष्ट्रियसभाको नाम हरूवा राहत सभा राख्न सुझाव दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत संग्रौलाले यस्तो सुझाव दिएका हुन् । उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु नारायणकाजी श्रेष्ठ र वामदेव गौतमलाई काँधमा बोकेर राष्ट्रिय सभामा उकालिएको टिप्पणी गरको छन् । उनले श्रेष्ठ र गौतमलाई प्रतिनिधिसभाको चुनाव हार्नमात्र जानेको भनेर संज्ञा दिएका छन् ।

उनले लेखेका छन्, प्रतिनिधिसभाको चुनाव हार्नमात्र जानेका ना।काजी(वामदेवलाई काँधमा बोकेर राष्ट्रिय सभामा उकालियो।नेकपाका बाँकी हरूवाहरूलाई पनि यसैगरी उकालौं र राष्ट्रिय सभाको नाम हरूवा राहत सभा राखौं। लोकतान्त्रिक जनमतको सम्मानमा यो नेकपाको अविस्मणीय योगदान ठहरिने छ।

Check Also

अबको साफ च्याम्पियनसिप माल्दिभ्समा

अबको साफ च्याम्पियनसिप माल्दिभ्समा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघको सोमबार बसेको बैठकले ...

Comments are closed.