ताजा समाचार
Home / Headline / सेक्युरिटी प्रेस खरिद प्रकरण मिश्रलाई उपस्थित हुन अख्तियारको उर्दि

सेक्युरिटी प्रेस खरिद प्रकरण मिश्रलाई उपस्थित हुन अख्तियारको उर्दि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई एक साताभित्र आयोगमा उपस्थित हुन सार्वजनिक सूचना निकालेको छ ।
कोरोना संक्रमणको जोखिमका कारण उजुरीहरुको छानबिनका क्रममा बयान लिने र सोधपुछ गर्ने काम अवरुद्ध भएका बेला अख्तियारले मिश्रलाई उपस्थितिका लागि सूचना निकालेको हो ।

एक दिनअघि मात्रै मिश्रले विज्ञप्ति जारी गरेर आफूले अख्तियारलाई अनुसन्धानमा सहयोग गर्ने बताएका थिए । अडियो रेकर्ड गर्ने उपकरण जापानमा रहेकाले त्यही लिन आफू जापान आएको भन्दै उनले लकडाउनका कारण फर्किन नपाएको बताएका थिए ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सेक्युरिटी प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँको मोलमोलाईको अडियो सार्वजनिक भएपछि मिश्रसमेत विवादमा तानिएका थिए । घटनापछि बास्कोटाले राजीनामा दिएका छन् । मिश्र भने जापान पुगेका छन् ।

Check Also

क्यान्सर विजेताहरुको तेस्रो ‘र्‍याम्प वाक’ पोखरामा हुँदै

क्यान्सर विजेताहरुको तेस्रो र्‍याम्प वाक पोखरामा हुने भएको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुप र ...

Comments are closed.