ताजा समाचार
Home / अर्थ / सुनचाँदी ब्यवसायी तथा कर्मचारिको निशुल्क बिमा

सुनचाँदी ब्यवसायी तथा कर्मचारिको निशुल्क बिमा

काठमाण्डौ । विश्वभर महामारीको रूप लिदै गएको कोरोनन भाइरस कोभिड–१९ लाई लक्षित गर्दै नेपाल राष्ट्रिय सुनचाँदी ब्यवसाय मञ्चले आफ्ना सदस्य ब्यवसायीहरूका साथै कर्मचारीको निःशुल्क कोरोना बिमा गरिदिएको छ ।

साधारण सदस्य, बोर्ड सदस्य, सल्लाहकार तथा सम्पूर्ण कर्मचारीहरूसमेत गरि १४० जनाको एक लाख बराबरको बीमा गरिदिएको मञ्चका अध्यक्ष गणेश लकान्द्रिले जानकारि दिनु भयो । कुनै पनि बेला जो कोही पनि संक्रमित हुन सक्ने भएकोले निजको आर्थिक सुरक्षाका लागि बिमा योजना ल्याइएको अध्यक्ष लकान्द्रिले बताउनु भयो । महासचिव खेम तिरूवाले भन्नु भयो ‘हामी हाम्रा सदस्य तथा ब्यवसायीहरूलाई यो महामारिको समयमा सुरक्षित अनुभूति गराउन चाहन्छौ, त्यसैले यो बिमा कार्यक्रम ल्याएका हौ ।’ त्यस्तै बिमा कार्यक्रम अहिलेको टड्कारो आवश्यकता रहेको भन्दै मञ्च आफ्ना सदस्यहरूको सुरक्षाका लागि सदैव सकारात्मक रहेको वरिष्ठ उपाध्यक्ष डम्वर बहादुर बराइलीले बताउनु भयो । बराइलिले भन्नू भयो ‘परिस्थिति हेरेर यस्ता थप कार्यक्रमहरू ल्याउन पनि मञ्च तयार छ ।’ त्यस्तै मञ्चका उपाध्यक्ष भरत शंकरले पनि मञ्चले विगतमा पनि राहतका कार्यक्रमहरु गर्दै आएको र यसपटक पनि व्यवसायीहरुलाई राहत स्वरुप नै यो कार्यक्रम ल्याईएको बताउनु भयो ।

Check Also

लघुवित्तको कस्ट अफ फन्ड ११.८१ प्रतिशत पुग्यो, सबैभन्दा सस्तो लागतमा साना किसानले उठाउँछ फन्ड

वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा दिने व्याज दर वृद्धि गरेसँगै बैंकहरुको निक्षेप लागतमा वृद्धि भएको छ ...

Comments are closed.