ताजा समाचार
Home / Headline / आगामी स्थानीय चुनाव जितेर आए पछि मुख्यमन्त्री परिवर्तन मात्रै हैन दोहोरिन पनि सक्छन् : प्रधानमन्त्री ओली

आगामी स्थानीय चुनाव जितेर आए पछि मुख्यमन्त्री परिवर्तन मात्रै हैन दोहोरिन पनि सक्छन् : प्रधानमन्त्री ओली

देशको राजनैतिक मावल कता पुगि सक्यो, तै पनि कर्नालीमा भने पाचौ पटक फेरी मुख्यमन्त्री परिवर्तनको हल्ला गर्दै नेता तथा कार्यकर्ताहरु एक पटक पुनः निरर्थक बहसमा उत्रिएका छन् । राष्ट्रिय राजनीतिमा जसले जे भने पनि पत्रकार ऋषि धमलाले गर्दा थुप्रै घटनाहरु निम्तिएका छन् । केही समय अघि प्रधानमन्त्री विदेश भ्रमण रहेको बेला नेकपा अर्का अध्यक्ष प्रचण्डलाई अन्र्तवार्ता लिदा उनको मनकै कुरो आलोपालो प्रधानमन्त्रीको कुरा सतहमा नै ल्याई दिएका थिए । जसले गर्दा पछि नयाँ थप जिम्मेवारी हेरफेर गर्न बल समेत मिलेको थियो । यस्ता थुप्रै कहानी छन् तर अब सन्दर्भ फरक छ कर्नाली प्रदेशको ।

प्राईम टाइम्स टेलिभिजनमा जनता जान्न चाहन्छन् कार्यक्रममा १३ श्रावणमा धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीसंगको थुप्रै विषयमा करिब दुई घण्टा लामो कुराकानी गर्दा, ओलीले मुख्यमन्त्री बन्न र बनाउने खेलमा लागेर हल्ला गर्न चाहनेहरुकोलागि पुर्णविराम लगाई दिएका छन् । उनले भनेका छन् अस्थीरताको पक्षमा, मुलुकमा स्थीरता नचाहने, कसलाई के हुन पर्याछ त्यो आधारमा मुख्यमन्त्री परिवर्तन हुदैनन् । डेढ बर्ष पछि स्थानीय चुनाव हुन्छ, जितेर आए पछि दोहोरिन पनि सक्छन्, परिवर्तन हुन पनि सक्छन् । विचमा कुनै पनि अस्थिरताको लागि मुख्यमन्त्री परिवर्तन नहुने कुरा निर्देशनात्मक तवरले स्पष्ट पारेका छन् ।

नेकपाको अध्यक्ष तथा देशको कार्यकारी प्रमुखले बोलेको कुरालाई आधार मान्ने हो भने, संघिय तथा प्रदेश मन्त्री परिषद् सदस्यहरु परिवर्तन हुन सक्छन्, तर मुल नेतृत्व तुरुन्तै परिवर्तनको संभावना छैन बरु डेढ बर्ष पछि हुने स्थानीय चुनावमा नतिजा राम्रो ल्याउन सकेमा पुनः दोहोर्याउन सकिन्छ, त्यसैले बादविवाद हैन एकताबद्ध हुन जोड दिएका छन् ओलीले । यसले सामाजिक संजालमा जे उपद्रो मच्चाए पनि मुल नेतृत्व कुनै पनि मुख्यमन्त्री परिवर्तनको पक्षमा छैन । एक ठाउमा चलाउने वित्तिकै तल्लो स्तर सम्म एकता भन्दा पनि अस्थिरता फैलिन्छ बरु यसैलाई विधि सम्वद्ध थप योजनाबद्ध गर्न किन नपरोस् । झन् कर्नाली प्रदेश सरकाको कुरा त व्यक्तिमा विवाद रहला तर नेतृत्वमा छैन भन्ने स्पष्ट संदेश आएको छ ।

अर्को प्रसंगमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुने र महाधिवेशन पनि सहमतिका साथ सम्पन्न हुने विश्वास दिलाएका छन् । उनले भने “एकता महाधिवेशन गर्ने हो, सहमतिका साथ जानुको विकल्प छैन् । यद्धपी महाधिवेशन लोकतान्त्रिक थलो हो । सहमति उत्तम विकल्प हो । सहमति चाहीँ लोकतन्त्रको उच्चतम विन्दु हो । सबैको बीचमा सहमति हुन्छ । कसले के पाउँछ महाधिवेशन पछि भन्ने कुरा महाधिवेशनलाई नै जिम्मा दिउँ ।”

महाधिवेशनले एकताको पक्षमा नै निर्णय गर्ने विश्वास दिदै उनले भने “महाधिवेशनले एकताको पक्षमा योगदान पुर्याउँछ, सही नीति निर्माणमा योगदान पुर्याउँछ, यसले उपयुक्त पात्र खोज्छ । नेतृत्वको लागि प्रतिष्पर्धाको आवश्यक नपर्न सक्छ, सहमति भयो भने प्रतिष्पर्धा किन चाहियो” अब मेरो वीचारमा पूर्व माओवादी, पूर्व एमाले भनेर जानु पर्दैन, त्यो धारणा सवा दुई वर्ष अघिको कुरा हो । हामी अलग अलग थियौं भन्ने सम्झिएर हुँदैन् ।
उनले पार्टीभित्रको विवाद हल गर्नको लागि उपाध्यक्ष वामदेव गौतले अघि सारेको ६ बुँदे प्रस्ताव एकताको पक्षमा महत्वपूर्ण भूमिका खेलेको भएपनि गौतमको प्रस्ताव नै सञ्जिबिनी बुटी भन्न नहुने तर्क गरे । उनले भने, वामदेवजीको प्रस्तावले एकताको लागि महत्वपूर्ण भूमिका खेल्यो । तर, सञ्जिबीनी बुटी नै होईन ।

कुलमान घिसिङलाई सामाजिक सञ्जालले नियुक्ति दियो होला भन्ने अर्थमन्त्रीको शब्द सापटी लिनेहो भने केन्द्रमा बामदेव प्रधानमन्त्री र कर्नालीमा यामलाल मुख्यमन्त्री पनि उस्तै हो की वाइयात हल्लाको पछि नलागि सोच्ने बेला आएको छ, सबैले काम गरेर देखाउनको लागि ।

Check Also

क्यान्सर विजेताहरुको तेस्रो ‘र्‍याम्प वाक’ पोखरामा हुँदै

क्यान्सर विजेताहरुको तेस्रो र्‍याम्प वाक पोखरामा हुने भएको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुप र ...

Comments are closed.