ताजा समाचार
Home / Headline / मुख्यमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन

मुख्यमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन

काठमाडौं । पुजारी हत्याको विरोधमा प्रदर्शन गर्दै राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ ।
गत भदौ ३ गते राति रौतहटको माधवनरायण नगरपालिकाको खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले हत्या गरेको थियो ।
तर सो हत्याका दोषी हालसम्म पत्ता नलागेको तथा प्रदेश सरकारले जनताको सुरक्षा दिन नसकेको भन्दै अभियानले जनकपुर, रौतहत, वीरगञ्जमा लगायतका स्थानमा विरोध प्रदर्शन गर्दै मुख्यमन्त्रीको राजीनामा मागेको हो ।

अभियानका रौतहट संयोजक शंकर दासले जनताको सुरक्षा दिन नसक्ने मुख्यमन्त्री राउतले आफ्नो पदबाट राजिनामा दिनुपर्ने बताए ।

Check Also

क्यान्सर विजेताहरुको तेस्रो ‘र्‍याम्प वाक’ पोखरामा हुँदै

क्यान्सर विजेताहरुको तेस्रो र्‍याम्प वाक पोखरामा हुने भएको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुप र ...

Comments are closed.