ताजा समाचार
Home / Headline / अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाउन सफल चलचित्र निर्देशक, संचारकर्मी एवं समाजसेवी टोमा, अमेरीकामा पनि लोकप्रिय बन्दै
?

अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाउन सफल चलचित्र निर्देशक, संचारकर्मी एवं समाजसेवी टोमा, अमेरीकामा पनि लोकप्रिय बन्दै

बुबा आङग्याल लामा र आमा छोइटोल लामाको कोखवाट छोरीकोरुपमा जन्मीएकी टोमा, दुर्गम मुगु जिल्लाको तत्कालीन मुगु गा.वि.स.–९, मुगुटोल (हाल मुगु कार्मारोङ गाउँपालिका–२) को ग्रामिण परिवेशमा त्यो समयमा विद्यालय जाने पहिलो र एक्लो छात्रा हुन् । उतिखेर छोरी मान्छेलाई पढाईमा चासो नदिने समाजमा नयाँ रेकर्ड कायम गर्दै प्रगतिको पहाड चढ्दै अगाडी बढेकी उनको छलाङ विश्वको शक्ति केन्द्र बनेको अमेरीकामा पुग्दा पनि रोकिएन, अमेरीकामा लोकप्रिय बन्दै गएकी नेपाली निर्देशक तथा नायिका लामाको त्यही साहसिलो र प्रेरणादायी शन्देश पस्कीदै छौ ।

रुढीवादले सोचले डेरा जमाएको मुगालहरुमा, अझ त्यसमाथि पनि छोरीलाई विद्यालय पठाउनु अपराध झैं ठानिन्थ्यो त्यो बेला । यद्यपि बुबा मुगाल समुदायको पहिलो शिक्षक हुनुभएकोले होला, टोमालाई विद्यालय जाने सौभाग्य मिल्यो । त्यस्तै पाँच वर्षको उमेरमा घरबाट २० मिनेट टाढाको तत्कालीन प्राथमिक विद्यालयहुदै अध्ययनको सुरुवात भयो । टोमालाई पनि सायद थाहा थिएन होला, एउटी अबोध बालिका आज अन्तर्राष्ट्रिय रुपमा नै सेलिब्रेटी बन्छु होला भनेर । तर, अनेकौ बाधाहरु छिचोल्दै अघि बढ्ने त्यही पात्र आज मुगाली समुदायको मात्रै होइन– धेरैको आकर्षणको केन्द्र बन्न सफल भएकी छन् । उसो त टोमा उतिकै सुन्दर पनि छन् । उहाँको क्षमताकोसाथसाथै आकर्षक जीउडाल र सुन्दर मुहारको पनि उतिकै मानिसहरुले खुलेर प्रशंसा गर्छन् । सकारात्मक सोच, योजनाबद्ध खाकाका, दरिलो आत्माविश्वासका साथ अघि बढेकी नेपाली चेली लामा यतिमा नै सन्तुष्ट भने छैनन् । उनी अझै भन्छिन्, प्रगतिको उचाई अझै चुम्न बाकी छ ।

हामीकहा सुविधा र विलासी जीवन बिताउने चाहना राख्ने व्यक्तिको बाहुल्यता व्यापक छ तर, टोमामा त्यो भावना कहिल्यै जागेन । जाग्यो त असहाय र विपन्नलाई सेवा गर्ने । समाज तथा राष्ट्रसेवा मार्फत मुलुक बदल्ने अनि आफुलाई समेत अन्तर्राष्ट्रिय जगत्मा परिचित हुने । एउटा नेपाली नारी हुनुको गर्व, राष्ट्रियता प्रतिको जिम्मेवारी सावित गरेकी छन्, युवा संचारकर्मी, समाजसेवी, बहुविधाकी धनी, चर्चित चलचित्रको निर्देशक टोमा लामा विश्वभरका महिलाहरुको प्रतिष्पर्धामा अध्ययन र कार्यक्रमको शिलशिलामा अमेरीकामा नेपालको साझा परिचय बन्दैछिन् ।

 

 

 

 

 

 

 

 

 

हुने विरुवाको चिल्लो पात भने झै, सञ्चार माध्यममा आबद्ध हुने टोमाको सानैदेखीको सोख थियो नभन्दै, चर्चित रेडीयो नेपाल एफएम अन्तर्गतको उहाँले सञ्चालन गर्ने “कार्यक्रम आवाज” का सफल र नेपालको नमुना टक सो बन्यो । यसै शिलशिलामा वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई अन्र्तवार्ताको कार्यक्रम सकिएपछि अनौपचारिक गफकै क्रममा सुब्बाले भन्नुभए छ– “तपाइँको खुबी त चलचित्र निर्देशन गर्ने पनि छ, यदि इच्छा भए आउनुहोस् अब छिट्टै हामी एक हप्ते तालिम दिँदैछौं ।” उहाँको त्यो प्रस्ताव टोमाको लागि ‘स्वर्णीम अवसर’ संगै नयाँ बाटो जस्तै भयो । अनि सुब्बाको इन्डिजिनियस फिल्म अर्काइभ मार्फत् नेपाली सिनेमा क्षेत्रमा उदायकी लामा परिणाम त वि.सं. २०६४ मा नै चलचित्र “सोल्जी” निर्देशन गर्न सफल भईन् । जोे फिल्म सर्वोत्कृष्ट घोषित पनि भयो ।

फिल्मले देश विदेश सर्वत्र चर्चा कमायो, कमाइ पनि राम्रो भयो । यति मात्रै होइन– “सोल्जी” सिनर्जी अफ वुमेन फिल्म फेस्टीवल 2008 मा उत्कृष्ट निर्देशकको Award बाट सम्मानित भयो । त्यस लगत्तै “सोल्जी” Nepal International Indigenous Film Festival Awards-2009  मा Best Director  को Award बाट सम्मानित भयो । CIPA द्वारा आयोजित Buds Film Fiesta Award-2010 को Best Youth director  को Award पनि प्राप्त गर्नुुभयो । सीमान्तकृत मुगाल समुदायको प्रथम चलचित्र “सोल्जी” निर्देशन गरेर मुगाल समुदाय र कर्णालीको प्रथम चलचित्र निर्देशक र लेखकको FINFI Award-2013  बाट समेत लामा सम्मानित भईन् ।

हङकङमा आयोजना भएको infa FILM AWARD-2014 मा पनि यस चलचित्रले मुगाल समुदायको प्रथम र कर्णालीको प्रथम महिला चलचित्र निर्देशक उपाधि हात पा¥यो । यस्तै “प्रथम नेपाल आदिवासी जनजाति चलचित्र उत्सव–२०१६” मा द्यभकत चलचित्र निर्देशकको पदकबाट सम्मान पायो । त्यसपछि भने टोमामा उर्जा थपियो ।

वि.सं. २०७४ मा उनकै निर्देशनमा चलचित्र “फेके” बन्यो । त्यो पनि सोल्जी भन्दा कमजोर भएन । “फेके” ले नेपाल सरकार, चलचित्र विकास वोर्ड द्वारा हङकङमा आयोजित the 3rd Indigenous Nationalities Film Award” df Best director and best Film को अवार्ड जित्यो भने, “प्रथम नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०१७” मा उत्कृष्ट चलचित्र निर्देशकको अवार्ड र नगदसहित सम्मान समेत पायो ।

यस अर्थमा Federation of Indigenous People of Nepal in America(FIPNA) ले आयोजना गरेको Nepal Indigenous Film Festival New York- 2017 मा लामाले निर्देशन गरेको चलचित्र “ फेके Mother Tongue ” Best Film मा नोमिनेशनमा पर्न सफल हुनुकोसाथै न्यूयोर्क फिल्म फेस्टीवलमा विशेष प्रर्दशन पनि गरिएको थियो । त्यहाँ पनि न्यूयोर्कवासी दर्शकहरुबाट वाहावाही नै पायो फिल्म ‘फेके’ ले । उनीद्वारा निर्देशित दुईवटै फिल्ममा उनको आफ्नो अभिनय पनि रहेको छ । “मेहनत अनुसार पाएको माया, सम्मान, अनि अवार्ड प्रति म अत्यन्त गौरवान्वित छु ूटोमाले अमेरीकाबाट अभिभारालाई भनिन् यसले मलाई अझ अघि बढ्न हौसला मिलेको छ, अब मेरो निर्देशनमा अन्य चलचित्र आउँदैछन् ।” बषौ देखी अमेरीकामा रहेर नेपालीले कमाउने मात्र हैन, समाज सेवामा पनि लाग्ने सचेतना मेरा सामाजिक कार्यले उर्जा दिनुका साथै, फिल्मी र संचार क्षेत्रमा नेपाली र अमेरीकन समुदायमा लोकप्रियता बढ्दो छ ।

‘बिहानीले दिउसोको झल्को दिन्छ’ भने जस्तै टोमाको प्रतिभाको संकेत बाल्यकालबाटै देखिएको हो । अब भने टोमाको दैनिकीमा परिवर्तन आयो । सामाजिक सेवामा रुचि राख्ने उनले युवा संस्थाहरुको छाता संस्था युवा गैर सरकारी संस्था महासंघको गरीमामय सचिव पदमा रहेर लामो समय काम गरिन्, संगसंगै विभिन्न नेपाली गैर सरकारी संस्थाहरुमा आवद्ध हुदै, संयुक्त राष्ट्र संघका विभिन्न कार्यक्रममा भाग लिदै, विश्वका दुईदर्जन भन्दा बढी मुलुकको भ्रमण गर्ने भाग्मानी नेपाली महिलामा गनिन्छन् टोमा ।
विगत सम्झिदै टोमा भन्छिन्, काठमाण्डौं आएको केही समय नबित्दैे नेपाल एफएममा कार्यक्रम उत्पादक तथा प्रस्तोता भएर ‘कार्यक्रम आवाज’ को संचालन समेत गरे, जहाँ १० वर्ष वित्यो । नेपाल एफएमको कार्यक्रम आवाज मार्फत महिला हक अधिकारको विषयको उठान, दुर्गम क्षेत्रको समस्या, चुनौति, संभावना र विकासमा संचार माध्यमबाट योगदान दिएकोमा “ICT Radio Journalist Honor -2015”  को अवार्ड प्राप्त गरे ।

रेडीयो कार्यक्रम सञ्चालनको दौडानमा देशको विभिन्त्र क्षेत्रका चर्चित राजनीतिज्ञ, कलाकार, खेलाडी र समाजसेवी लगायतका विभिन्न क्षेत्रमा संलग्न व्यक्तित्वहरुसंग कुशलताका साथ अन्र्तवर्ता लिने उनको यो क्षमताले एउटा राष्ट्रिय स्तरको मिडीया हाउस नेपाल एफएममा काम गर्ने मौका पाई चर्चित संचारकर्मी बनिन् ।

तीन वटै विधा, चलचित्र निर्देशक, पत्रकारिता र समाज सेवामा मुगु, कर्णालीदेखी राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म लोकप्रिय लामा मुगाल समुदायको प्रथम चलचित्र निर्देशक र सञ्चारकर्मी हुन् । टोमा कर्णालीको पहिलो महिला चलचित्र निर्देशक हुन् भने मुगु जिल्लाको प्रथम रेडीया जर्नालिष्ट पनि हुन् ।

टोमा लामा महिला शसक्तीकरण, जलवायु परिवर्तन र दुर्गम क्षेत्रको विकासको पर्याय हुन् भन्दा अत्यउुक्ति नहोला । कर्णाली सर्वाङगीण विकास केन्द्र KIDC  र मुगाल आदिवासी जनजाति महिला उत्थान संस्था MIWUI को संस्थापक अध्यक्ष टोमा अझ विशेषतः कर्णालीवासीको शिक्षा, स्वास्थ्य, विकास, अधिकारलगायतका विषयलाई उनको संघर्षको इतिहास गौरबमय छ । आदिवासी जनजाति चलचित्र महासंघको महासचिव र उपाध्यक्ष भएर नेतृत्वदायी भूमिका खेली आदिवासी चलचित्रको विकास र आदिवासी चलचित्रकर्मीको हकअधिकार स्थापित गर्नको लागि पनि योगदान पु¥याएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको केन्दीय सचिवालयको परियोजना तथा अन्तर्राष्ट्रिय सम्पर्क सचिव भएर पनि काम गर्दै उनले अन्तर्राष्ट्रिय संस्था एसिया प्यासिफिक फोरम अन ओम्यान ल एण्ड डेभलप्मेन्ट APWLD को पनि सदस्य रहेर समेत जिम्मेवारी वहन गरी सकेकी छन् ।

यतिमात्र नभइकन मुगाल समुदायको पहिलो शिक्षक, साहित्यकार तथा मुगाल भाषाविज्ञ बुवा आङग्याल लामाको लेखन कार्यलाई पनि सघाउँदै आएको छ । बुवासंग मिलेर टोमाले मुगाल भाषाको कक्षा १ देखी ५सम्मको पाठ्यपुस्तक लेख्नुभएको छ, जुन पाठ्यपुस्तक नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले प्रकाशित गरिएको छ । यो पाठ्यपुस्तक विद्यालयमा पठनपाठन हुनेक्रममा छ । यस अर्थमा मुगाल समुदायको लोप हुन लागेको मुगाल भाषाको विकास र संरक्षणमा पनि टोमाको उतिकै योगदान छ ।

संयुक्त राष्ट्रसंघ लगायतका विभन्न अन्तर्राष्ट्रिय सभामा भाग लिएर नेपालको प्रतिनिधित्व गर्दै भारत, फिलिपिन्स, ब्राजिल, थाइल्याण्ड, इन्डोनेसिया, पेरु, स्वीजरल्याण्ड, जर्मनी, मोरोको, फ्रान्स, अमेरिका लगायतका अन्य विभिन्न देशहरुमा भ्रमण गरी सकेकी लामा अहिले अमेरीकामा रहेर नेपाल र नेपालीको बारेमा सोच्ने, समाजिक विषय वस्तुमा चासो राख्नुका साथै सक्दो सहयोग समन्वय गर्ने पंक्तिमा उनको नाम अगाडी नै रहेको छ । उनले भनिन् अमेरीकाको ज्ञान म नेपालमा आएर प्रयोग गर्नेछु, विदेशमा बसेर मातृभुमिलाई धिकार्ने मान्छेमा म पर्दैन् ।

Check Also

धमाधम घोषणा हुँदै लाभांश, अहिलेसम्म कुन–कुनले कति गरे प्रस्ताव ?

 नेप्सेमा सूचीकृत ३० कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा ...

Comments are closed.